Romans 2:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनका अन्‍धाहरूलाई डोर्‍याउन सक्‍छौं भनी हाँक दिन्‍छौ। तिमीहरू अध्‍याँरोमा बाटो नदेख्‍नेहरूका लागि आफूलाई साँच्‍चै ज्‍योति सम्‍झन्‍छौ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यदि तिमीलाई यो निश्‍चय छ कि तिमी अन्‍धाको अगुवा हौ, अन्‍धकारमा हुनेहरूका निम्‍ति ज्‍योति हौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दृष्‍टिविहीनलाई बाटो देखाउन सक्छु भन्‍ने तिमीमा निश्‍चयता छ। अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ। आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक भनी सम्झन्छौ। किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदे ह्राङसे ह्राङदान काना म्‍हिगदेला नेतादेन धोपधोपरी भ्रबा म्‍हिगदेला लागिरी य्‍हाल हिन्‍ना भिसी भ्रमुला।