Romans 2:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिमीले व्यवस्था पालन गर्दछौ भने व्यवस्थाअनुसार यहूदीले लगाउनुपर्ने शरीरको खतना गरेको पनि ठीकै छ। तर तिमी व्यवस्था नै पालन गर्दैनौ भने खतना नभएको अधर्मी मानिसजस्‍तै छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यवस्‍था पालन गर्दछौ भनेता खतनाबाट साँच्‍चै लाभ हुन्‍छ, तर व्‍यवस्‍था उल्‍लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि व्यवस्थाको पालन गर्‍यौ भने खतनाको महत्त्व रहन्छ; तर व्यवस्थाको उल्‍लङ्घन गर्‍यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले व्यवस्था अनुसरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ।
Nepali Tamang 2011
ठिम अन्‍छार भ्रजी भिसम एसे ल्‍हुइरी लबा खतना ठीक हिन्‍ना। तर थे ठिम अन्‍छार आभ्रनी भिसम एसे लबा खतना आलबा तेबान हिन्‍ना।