Romans 2:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी खतना भएका यहूदी खतना नभएका अन्यजातिहरूबाट दोषी ठहरिनेछौ किनभने तिमीहरू लिखित व्यवस्था भएका र शरीरको चिन्‍ह पाएका भएर पनि व्यवस्थालाई पालन गर्दैनौ तर शरीरको चिन्‍ह नलगाए तापनि अन्यजातिहरूले भने व्यवस्था पालन गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शरीरमा खतना नभएर पनि व्‍यवस्‍थाचाहिँ पालन गर्नेहरूले, लिखित व्‍यवस्‍था भएका र खतना पनि भएका तिमीहरू व्‍यवस्‍था उल्‍लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।
Nepali Tamang 2011
ल्‍हुइरी खतना आलसैनोन थे ठिम अन्‍छार भ्रबा अर्गु य्‍हुलला म्‍हिगदेसे एनी खतना लबादेन भ्रिबा ठिम मुसीनोन थे अन्‍छार आभ्रबा यहूदीगदेला दोष उन्‍ना।