Romans 2:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाहिरी रूपले मात्र यहूदी हुँ भन्‍दैमा ऊ पक्‍का यहूदी हुँदैन। त्‍यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्‍यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो।
Nepali ERV (पवित्र बाइबल)
यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने उ साँचो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन।
Nepali Tamang 2011
तिग्‍दा भिसम यहूदी तसी न्‍हजी भिदेमा पक्‍का यहूदी आदो। ओच्‍छे ल्‍हुइरी जे लबा खतनाएनोन पक्‍का खतना आत।