Romans 2:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भित्री रूपमा यहूदी भए मात्र कसैलाई यहूदी भन्‍न सकिन्‍छ। साँचो खतनाचाहिँ शरीरमा भएको कुरा मात्र होइन तर हृदयमा पवित्र आत्‍माले गरेको कुरा हो। यस्‍तो खतना भएको मानिसको प्रशंसा मान्‍छेहरूबाट होइन तर परमेश्‍वरबाट हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बरु साँचो यहूदी चाहिँ त्यो हो, जो भित्रबाटै यहूदी हो। अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
एक मानिस मनको भित्री तहबाट मात्र साँचो यहूदी हुँदछ। साँचो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।
Nepali Tamang 2011
तर जुन म्‍हिसे सेमहेन्‍सेन परमेश्‍वरदा तेन्‍ना थे म्‍हि चा पक्‍का यहूदी हिन्‍ना। ओच्‍छे सेमरी परमेश्‍वरला आत्‍मासे लबा खतना चा पक्‍का खतना हिन्‍ना। चु चा ठिमरी भ्रिबा अन्‍छार आहिन। चुह्रङ्बा म्‍हिसे म्‍हिगदेग्‍याम आहिन, परमेश्‍वरग्‍याम स्‍याबास याङ्ला।