Romans 2:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मित्र, तिमीहरूले यस्ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्यस्तै काम गर्छौ। के परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्किन सक्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण, ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफै पनि त्यस्तै नराम्रो काम गरिरहेका हुनछौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ।
Nepali Tamang 2011
एनीगदेसे चुह्रङ्बा आज्यबा गे लबा म्हिगदेदा दोष लमुला। तर ह्राङएनोन थेह्रङ्बान आज्यबा गे लसी भ्रमुला। तिग परमेश्वरसे निसाफ लबा धुइरी एनीगदे चा स्योम्र्याङ्ला भिसी म्हन्बा?