Romans 2:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कि उहाँको प्रेमलाई तुच्‍छ ठान्‍छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्‍छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अथवा परमेश्‍वरको कृपाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्‍ततालाई तुच्‍छ ठान्‍छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अथवा परमेश्‍वरको दयाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने कुराको आभाष नगरी, तिमी परमेश्‍वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?
Nepali ERV (पवित्र बाइबल)
के तिमी परमेश्वरका दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
Nepali Tamang 2011
परमेश्‍वरसे एनीगदेदा गाते माया लमुला, ओच्‍छे ह्राङदेन छ्‌याम थान्‍बारी गाते सेम लमुला भिबा ताम एनीगदेसे पक्‍कान म्‍हन्‍बा आरे। परमेश्‍वरसे एनीगदे ह्राङ ह्राङला पाप ख्‍लासी ह्राङपट्टि दोःगै भिसी भ्रान्‍बा मुला। थेतबासेलमा एनीगदेदा गाते ज्‍यना लमुला भिबा ताम एनीगदेदा था आरे?