Romans 3:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्‍वर दयालु हुनुहुन्‍छ र उहाँले अनुग्रह गरेर ख्रीष्‍टद्वारा मानिसलाई सित्तैंमा निर्दोष र ठीक ठहराउनुहुन्‍छ किनभने ख्रीष्‍ट येशूले सबैको साटो आफैंले सजाय भोगेर पापको कैदबाट मानिसलाई छुटाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र परमेश्‍वरको अनुग्रहले ख्रीष्‍ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।
Nepali Tamang 2011
तर परमेश्‍वर चा दया लबा परमेश्‍वर हिन्‍ना, थेसे दयामाया लसी म्‍हिगदेदा तिगै आकिन्‍ना ओह्रङ्नोन ह्राङदा सेम निबा म्‍हि स्‍होबा मुला। तिग्‍दा भिसम ख्रीष्‍ट येशूसे जम्‍मान म्‍हिला लागिरी ह्राङसेन सजाय नासी म्‍हिगदेदा पापला सजायग्‍याम फेबा मुला।