Romans 3:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँले यहूदी हुन् वा अन्यजाति हुन्, सबैलाई तिनीहरूको विश्‍वासद्वारा नै आफ्‍नो सामु ठीक ठहराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँले खतनावाललाई तिनीहरूका विश्‍वासको आधारमा र खतना नभएकालाई तिनीहरूको विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने परमेश्‍वर एउटै हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्‍वासद्वारा र खतना नभएकाहरूलाई पनि त्यही विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ।
Nepali Tamang 2011
जम्‍मालान परमेश्‍वर गिकनोन हिन्‍ना। खतना लबा म्‍हि मुसै, खतना आलबा म्‍हि मुसै, जम्‍मादान परमेश्‍वरसे थेनीगदेसे लबा विश्‍वासग्‍यामसेन परमेश्‍वरदा सेम निबा म्‍हि स्‍होबा हिन्‍ना।