Romans 3:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुँदै होइन, मान्छे झूटो भए पनि परमेश्वर साँचो नै रहनुहुन्छ। जस्तो धर्मशास्त्रले भन्दछ, “तपाईंले बोल्नुभएको कुरामा तपाईं ठीक हुनुहुन्छ भनी मानिसहरूले देख्नेछन् अनि फैसला हुने बेला तपाईंकै जित हुनेछ,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिओस्। जस्तो लेखिएको छ, “तपाईं आफ्ना वचनमा ठीक ठहरिनुहोस्, र इन्साफ हुँदा तपाईं विजयी हुनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा होइन! परमेश्वर सत्य ठहरिऊन्, र सबै मानिसहरू झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित ठहरिनुहोस्, र तपाईंले न्याय गर्नुहुँदा विजयी हुनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
अहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छः “तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।” भजनसंग्रह 51:4
Nepali Tamang 2011
अहँ, आहिन। म्हि फट्टा तसैनोन परमेश्वर चा सत्य मुला। बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “ह्राङसे सुङ्बा तामग्यामसेन ह्राङ सत्य परमेश्वर हिन्ना भिसी म्हिगदेसे था याङ्ला, ओच्छे निसाफ लबा धुइरी ह्राङसेन ढाला।”