Romans 3:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामीहरूले गरेका खराब कामहरूले परमेश्वरलाई अझ ठीक देखाउँछ भने हामी के भनौं त? के परमेश्वर हामीसित रिसाउनु गल्ती हो? कति मानिसहरूले यस्तै विचार गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई प्रकाशमा ल्याउँछ भने, हामी के भनौं? के परमेश्वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्याय गर्नुहुन्छ? (म मानिसले जस्तै तर्क गर्दछु।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई अझ प्रष्ट गराउँछ भने त हामीले के भन्ने? परमेश्वरको क्रोध हामीमा पर्दा के उहाँ अन्यायी हुनुहुन्छ र? म मानवीय तर्क प्रयोग गरिरहेछु।
Nepali ERV (पवित्र बाइबल)
जब हामी गल्ती गर्छौ, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौ कि परमेश्वरले हामीलाई दण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दैछु।
Nepali Tamang 2011
तर चुदे य्हाङसे लबा आज्यबा गेग्याम परमेश्वर ज्यबा मुला भिसी पाङ्मुला भिसम य्हाङसे तिग पाङ्से? परमेश्वरसे य्हाङदा आज्यबा गेला सजाय पिन्मा तिग परमेश्वरसे अन्याय लबा तला? ङाइ म्हिसे म्हन्बा अन्छार पाङ्बा हिन्ना।