Romans 3:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही असल देखा परोस् भनेर नै हामीले पाप गरौं भन्यौं रे! कसै-कसैले यही दोष हामीलाई लगाउँछन्। यस्ता दोष लगाउने मानिसलाई उचित सजाय हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसो भए, असल होस् भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्यसै भन्छौं भनी हामीलाई निन्दापूर्ण दोष लाउँछन्। तिनीहरूको दोषारोपण न्यायसङ्गतै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए किन हामी यसो नभनौँ, “हामी खराब काम गरौँ, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौँ भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती र्भत्सना हुनै पर्छ।
Nepali Tamang 2011
ज्यबा तबारी पाप गे लसै तला भिबा ताम खाइमै ज्यबा तला? तसैनोन कोइ कोइ म्हिगदेसे य्हाङसे चुह्रङ् पाङ्जी भिसी खिसी लसी दोष लबा मुला। चुह्रङ् लसी दोष लबा म्हिगदेदा चा ठीक सजाय पिन्ना।