Romans 3:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भए के अरूहरूभन्दा हामी यहूदीहरू बेस छौं त? एकदमै होइन। मैले अघि नै देखाइसकेको छु: यहूदी र अरूहरू पनि सबै समान रूपले पापका पन्जामा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्यजातिहरू दुवै पापको वशमा छन् भनी मैले दोष लगाइसकेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौ? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं।
Nepali Tamang 2011
दाहेन्से अर्गु य्हुलला म्हिगदे भन्दा य्हाङ यहूदीगदे चा परमेश्वरला ङाच्छा ज्यबा म्हि हिन्ना? आहिन। यहूदीदेन अर्गु य्हुलला म्हिगदे जम्मान पापला तहरी मुला भिसी ङाइ ङाच्छान पाङ्सी जिन्बा मुला।