Romans 4:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कहिले भयो? उनले व्यवस्थाअनुसार खतना गरेपछि कि नगर्दै? खतना गर्नुभन्दा अघि नै अब्राहामले पहिले विश्‍वास गरे। यसैले परमेश्‍वरले उनलाई खतना नगर्दै ठीक ठहराउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कसरी यो उनको निम्‍ति धार्मिकता गनियो? उनको खतना हुनभन्‍दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहामको विश्‍वास कुन आधारमा धार्मिकता ठहरियो? उनले खतना गरेपछि कि खतना हुनुभन्दा अगि? उनको खतनापछि धर्मी ठहरिएको होइन, तर पहिले नै हो!
Nepali ERV (पवित्र बाइबल)
यो कसरी हुन गयो? के परमेश्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेश्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो।
Nepali Tamang 2011
अब्राहामदा परमेश्‍वरसे खाइमा तिगै दोष आरेबा म्‍हि हिन्‍ना भिसी सुङ्जी? थेसे ठिम अन्‍छार खतना लबा भन्‍दा ङाच्‍छा कि लिच्‍छा? तर खतना लबा भन्‍दा ङाच्‍छान सुङ्बा हिन्‍ना।