Romans 4:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण खतनाचाहिँ उनको विश्‍वासद्वारा परमेश्‍वरले ठीक ठहराउनुभएको छाप थियो। यसरी अब्राहाम खतना नगरेको तर परमेश्‍वरलाई चाहिँ विश्‍वास मात्र गरेर ठीक ठहरिने अन्यजातिका पनि आत्‍मिक पुर्खा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खतना नहुँदै विश्‍वासद्वारा पाउने धार्मिकताको चिन्‍ह वा छाप स्‍वरूप उनले खतना पाएका थिए। खतनाविनै विश्‍वास गरेर धर्मी गनिएका सबैका उनी पिता होऊन्‌ भन्‍ने उद्देश्‍यले यो भएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनको खतना नहुँदै विश्‍वासद्वारा पाइने धार्मिकताको छाप खतनाको चिन्हको रूपमा पाएका थिए। त्यसैले उनी खतनाविना नै विश्‍वासद्वारा धर्मी ठहरिएका सबैका आत्मिकी पिता हुन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले स्वीकार गर्नुभयो भनेर देखाउनाका लागि अब्राहामले पछि खतना गरे। परमेश्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेश्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ।
Nepali Tamang 2011
लिच्‍छा अब्राहामला खतना लजी, ओच्‍छे चु चा थेसे लबा विश्‍वाससे लमा खतना तबा भन्‍दा ङाच्‍छान परमेश्‍वरसे थेदा ह्राङदा सेम निबा म्‍हि भिसी सुङ्बाला चिनु हिन्‍ना। ओच्‍छे खतना आलसैनोन विश्‍वासग्‍याम परमेश्‍वरसे ह्राङदा सेम निबा म्‍हि भिसी सुङ्बा जम्‍मान म्‍हिगदेला थे आबा दोगै भिसी चुह्रङ् तबा हिन्‍ना।