Romans 4:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नै यहूदीहरूले खतना गरेका कारणले मात्र होइन; तर तिनीहरू पनि उनको जस्‍तै विश्‍वासमा हिंडेकोले अब्राहाम ती यहूदीहरूका पनि पुर्खा हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनी ती खतनावालहरूका पनि पिता हुन्, जसका खतना भएको मात्र होइन, तर जसले विश्‍वासको त्‍यही नमूनालाई पछ्याउँछन्, जुन विश्‍वास खतना हुन अघि हाम्रा पिता अब्राहाममा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनी ती खतना भएकाहरूका पनि पिता हुन्, जसको खतना मात्र भएको होइन, तर जो त्यही विश्‍वासका पाइलामा हिँड्दछन्, जुन विश्‍वास खतना हुनुभन्दा अगि नै हाम्रा पिता अब्राहाममा थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि अब्राहाम ती खतना गर्नेहरूका पनि पिता हुन्। तर तिनीहरूका खतनाले गर्दा मात्र अब्राहाम उनीहरूका पिता भएका होइनन्। उनी तिनीहरूका पनि पिता हुन् यदि तिनीहरू हाम्रा पिता अब्राहामको विश्वास जस्तै अनुसरण गर्दछन् जुन उनले आफ्नो खतना गर्न भन्दा अघि देखाए का थिए
Nepali Tamang 2011
थेह्रङ् लसी यहूदीगदे खतना लबासे लमा आहिन, तर थेनीगदेसेनोन अब्राहामसे ह्रङ् लसीन खतना लबा भन्‍दा ङाच्‍छा विश्‍वास लसी भ्रबासे लमान अब्राहाम थेनीगदेलाएनोन आबा दोजी।