Romans 4:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रमा परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, “मैले तिमीलाई धेरै जातिको पुर्खा बनाएको छु,।” अब्राहामले उही मरेकालाई जीवन दिने र बोलेकै भरमा नभएकालाई हुने बनाउने परमेश्वरमा विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे, उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ, र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्वरमाथि विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ” यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।
Nepali Tamang 2011
परमेश्वरसे अब्राहामदा सुङ्बा ताम बचनरी चुह्रङ् लसी भ्रिबा मुला, “ङाइ एदा जम्मान य्हुलला म्हिगदेला आबा स्होबा मुला।” तिग्दा भिसम परमेश्वरला ङाच्छा अब्राहाम य्हाङ जम्मालान आबा हिन्ना। सिबागदेदा सोना लबादेन आरेबा स्हेदा बचनग्यामसेन स्होबा परमेश्वरदा अब्राहामसे विश्वास लजी।