Romans 4:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामा पटक्कै शङ्का गरेनन् तर विश्वासमा अझ बलियो भएर परमेश्वरको प्रशंसा गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको प्रतिज्ञामा अविश्वास गरी विचलित भएनन्, तर परमेश्वरलाई महिमा दिँदै तिनी आफ्ना विश्वासमा झन् बलिया भए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे।
Nepali Tamang 2011
परमेश्वरसे पिन्ना भिसी कबुल लबा तामरी थेसे तिगै शङ्का आलना विश्वासरी झन कोङ्सी चिजी, ओच्छे चुनोन विश्वासग्याम थेसे परमेश्वरदा मानदेन जयजयकार लजी।