Romans 4:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो दाऊदले भनेको सुख व्यवस्थाअनुसार खतना भएकाहरूको लागि मात्र होइन, नभएकाहरूको लागि पनि हो किनभने हामीले धर्मशास्त्रअनुसार भनिहाल्यौं, “परमेश्वरले अब्राहामलाई उहाँमा विश्वास गरेकोले नै ठीक ठहराउनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यो आशीर्वाद खतनावालहरूका निम्ति मात्र हो? कि बेखतनावालहरूका निम्ति पनि हो? अब्राहामको निम्ति त उनको विश्वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के यो आशिष् केवल खतनावालहरूका निम्ति मात्र हो कि खतना नभएकाहरूका निम्ति पनि हो? हामीले भन्दै आएका छौँ, अब्राहामले परमेश्वरमा विश्वास गरेका कारण यो उनका निम्ति धार्मिकता गनिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यस्ता आशिष त्यस्ता मानिसहरूलाई मात्र हो जसले खतना गरेका छन्? अथवा ती खतना नगर्नेहरूलाई पनि हो? हामीले भनिसेकेका छौं अब्रहामको विश्वास एउटा धर्मीको रूपमा गनिएको थियो।
Nepali Tamang 2011
दाऊदसे पाङ्बा चु मोलम खतना लबा यहूदीगदेला लागिरी जे हिन्ना? आहिन। तर खतना आलबा अर्गु य्हुलला म्हिगदेला लागिरीनोन हिन्ना। तिग्दा भिसम अब्राहामसे परमेश्वरदा विश्वास लबासे लमा परमेश्वरसे थेदा ह्राङदा सेम निबा म्हि हिन्ना भिसी सुङ्जी भिबा ताम य्हाङसे पाङ्मुला।