Romans 5:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी परमेश्वरका शत्रु भएकै बेला उहाँको पुत्र ख्रीष्टको मृत्युद्वारा परमेश्वरले हामीलाई आफ्नो मित्र बनाउनुभएको छ भने झन् मित्र हुँदा उहाँको जीवनले हामीलाई झन् बढी गरी बचाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने, झन् बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामी परमेश्वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ भने अब परमेश्वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवनमार्फत् अझ बढी बचाइनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ।
Nepali Tamang 2011
य्हाङ परमेश्वरला शत्रु मुबा धुइरीन थेला झा ख्रीष्ट सिसी य्हाङदा परमेश्वरदेन छ्याम ढिक्ना लजी। य्हाङदा परमेश्वरदेन छ्याम ढिक्ना लबा जे आहिन, तर दाहेन्से झन प्रभु येशू ख्रीष्टला ल्हुइग्यामसे य्हाङदा थार्नाएनोन लला।