Romans 5:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि यो सित्तैको दानको फल एउटा मानिसले गरेको पापको फलजस्तो होइन। आदमको एउटै पापले गर्दा मानिसहरू दोषी ठहराइए र तिनीहरू सजायको भागी भए। तर मानिसहरूले धेरै पाप गरेपछि परमेश्वरले तिनीहरूलाई सित्तै निर्दोष ठहराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सित्तैँको वरदानचाहिँ त्यस एक जना मानिसको पापको नतीजाजस्तै होइन। किनकि एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो।
Nepali ERV (पवित्र बाइबल)
जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्वरसे ओह्रङ्नोन पिन्बा मोलम चा म्हि गिकसे लबा पाप भन्दा फरक मुला। म्हि गिकसे पाप लबासे लमा जम्मान म्हिगदेदा दोषी भिसी पाङ्जी, ओच्छे सजाय नातोःजी। तर ल्हानान पाप लमाहेन्से लिच्छा फेप्खबा ओह्रङ्नोन याङ्बा मोलमग्याम परमेश्वरसे म्हिगदेला पापला दोष मेटब लसी ह्राङदा सेम निबा म्हि भिसी सुङ्जी।