Romans 5:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी एउटै पापले सबै मानिस मृत्युदण्डका भागी भए, त्यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्वरको सामु ठीक ठहराइएर जीवन पाउने भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।
Nepali ERV (पवित्र बाइबल)
यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ।
Nepali Tamang 2011
थेतबासेलमा म्हि गिकसे लबा पापग्यामसे जम्मान म्हिगदेसे सजाय नातोःजी, थेह्रङ् लसीन म्हि गिकसे लबा ज्यबा गेग्यामसेन जम्मान म्हिगदे परमेश्वरदा सेम निबा म्हि दोसी जुकजुकधोनाला जुनी याङ्बारी खम्ला।