Romans 5:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले हामीलाई विश्वासद्वारा परमेश्वरको अनुग्रहमा ल्याउनुभएको छ। अहिले हामी त्यही क्षमा दिने अनुग्रहमा छौं। हामीहरू परमेश्वरको महिमामा सहभागी हुने आशामा रमाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं।
Nepali Tamang 2011
ख्रीष्टसे य्हाङला विश्वासग्याम य्हाङदा परमेश्वरला दयामायारी भबा मुला। ओच्छे दान्दे य्हाङ थेनोन दयामायारी भ्रबा मुला। य्हाङदा परमेश्वरसे थेला ह्रङ्बान य्हालदेन शक्ति पिन्ना भिसी घ्रेन आश थोसी य्हाङ ताङ्बा मुला।