Romans 5:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला पापले मृत्‍युद्वारा मानिसमाथि राज्‍य गरेझैँ अहिले परमेश्‍वरको अनुग्रहले राज्‍य गर्दै छ। यही अनुग्रहले हामीलाई परमेश्‍वरको सामु ठीक ठहराएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अजम्‍मरी जीवन दिंदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस हेतुले कि जसरी पापले मृत्‍युमा राज्‍य गर्‍यो, त्‍यसै गरी येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्‍त जीवनसम्‍म राज्‍य गरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।
Nepali ERV (पवित्र बाइबल)
जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।
Nepali Tamang 2011
थे धुइरी पापसे कालग्‍याम म्‍हिगदेदा शासन लबा ह्रङ् लसी दान्‍दे परमेश्‍वरला दयामायासे शासन लबान मुला। थे दयामायासे य्‍हाङदा परमेश्‍वरदा सेम निबा म्‍हि स्‍होसी य्‍हाङला प्रभु येशू ख्रीष्‍टग्‍याम जुकजुकधोनाला जुनी पिन्‍बान मुला।