Romans 6:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसको कुरा मानेर चाकरी गर्न रुचाउँछौ, उसैको तिमीहरू कमारा हुन्‍छौ। पापको कमारो भएर त्‍यसैको आज्ञा मान्‍छौ भने तिमी मर्नेछौ, तर परमेश्‍वरको आज्ञापालन गर्छौ भने तिमी उहाँकै सामु ठीक ठहरिन्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरेपछि, तिमीहरू जसको आज्ञा मान्दछौ, उसको सेवकहरू हुन्छौ? कि त तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्‍याउँछ, कि त आज्ञाकारिताको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ।
Nepali ERV (पवित्र बाइबल)
निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हौ। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्यौ भने तिमीहरू धार्मिक बनाइने छौ।
Nepali Tamang 2011
जुन्‍ना ताम ङ्‌यान्‍सी गे लबा सेम लला एनीगदे थेलान नोकर दोला। चुदे पापला नोकर दोसी थेसे कुल्‍बा अन्‍छार भ्रजी भिसम ए सिला, तर परमेश्‍वरसे कुल्‍बा अन्‍छार भ्रजी भिसम ए थेदा सेम निबा म्‍हि दोला।