Romans 6:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पहिले पापका कमारा थियौ तर अहिले तिमीहरू हृदयदेखि नै आफ्ना परमेश्वरले सिकाउनुभएको शिक्षा पालन गर्छौ। यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्वरलाई धन्यवाद होस्, कि तिमीहरू, जो एक पल्ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ, त्यो हृदयले पालन गर्ने भएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवकहरू थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ।
Nepali ERV (पवित्र बाइबल)
विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्यौ जुन तिमीहरूलाई दिइयो।
Nepali Tamang 2011
ङाच्छा एनीगदे पापला नोकर दोबा मुबा। तर दान्दे एनीगदेसे सेमहेन्सेन परमेश्वरला बारेरी लोप्बा ताम अन्छार भ्रबा मुला। चुला लागिरी परमेश्वरदा धन्यवाद तगै।