Romans 6:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरू पापको कैदबाट छुटेका छौ र परमेश्‍वरका कमारा बनाइएका छौ। यसको फलचाहिँ पवित्रता हो। यसले तिमीलाई अजम्‍मरी जीवनमा पुर्‍याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्‍वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्‍यसको अन्‍त्‍यचाहिँ, अनन्‍त जीवन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्‍वरका सेवकहरू भएका छौ। परमेश्‍वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्‍याउँछ र यसको परिणाम अनन्त जीवन हो।
Nepali ERV (पवित्र बाइबल)
तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ।
Nepali Tamang 2011
दाहेन्‍से एनीगदेसे पापग्‍याम थार्बा याङ्बा मुला, ओच्‍छे परमेश्‍वरदा तेन्‍सी तिगै दोष आरेबा म्‍हि दोबा मुला। चुग्‍याम एनीगदेसे जुकजुकधोनाला जुनी याङ्ला।