Romans 7:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा के यस्‍तो असल व्यवस्थाले मलाई नै मार्‍यो त? यसले होइन तर पापले पो मलाई मारेको हो। असल हतियार चलाएर पापले आफ्‍नो साँचो रूप देखाउन मलाई मार्‍यो। यसैकारण व्यवस्थाको हतियार चलाएर पाप अझ डरलाग्‍दो दुष्‍ट भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त के जो असल छ, त्‍यसले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस्‌ भनेर असल कुराद्वारा पापले ममा मृत्‍यु उत्‍पन्‍न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्‍पूर्ण रूपले पापमय बनोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जे असल छ, त्यही गरेँ, तर के त्यो मेरो निम्ति मृत्यु भयो त? आवश्य पनि होइन! तैपनि पापचाहिँ पापको रूपमा चिनियोस् भनेर जे असल छ, त्यसद्वारा ममा मृत्यु उत्पन्‍न गर्‍यो, ताकि आज्ञाद्वारा पाप अझ पूर्ण रूपले पापमय बन्‍न सकोस्।
Nepali ERV (पवित्र बाइबल)
ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो? होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो।
Nepali Tamang 2011
ज्‍यबा मुला भिबा ठिमसेन ङादा साइबा हिन्‍ना? पक्‍कान आहिन। ठिमरी मुबा ज्‍यबा तामग्‍याम ङादा साइबा पापनोन हिन्‍ना। थेतबासेलमा ठिम अन्‍छार पाप गाते लोङ्‌बा खबा मुला भिबा ताम य्‍हाङदा था मुला।