Romans 7:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ममा भने म अर्कै शक्तिले काम गरेको देख्छु। यो शक्तिचाहिँ मेरो आफ्नै मनले मान्न खोजेको नियमको विरोधमा लड्छ। यसैले मलाई पापको कैदी बनाउँछ र पापले ममाथि राज गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। जो मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ।
Nepali Tamang 2011
तर ङादा चा ङा न्हङरी मुबा अर्गुन ठिमसे गे लपुङ्मुला भिसी ङाइ म्राङ्बा मुला। चु शक्तिसे चा परमेश्वरदा ताङ्ना लबारी म्हाइबा ङाला सेमदा बिरोध लमुला। चुसेन ङादा पापला नोकर स्होसी ङाथोरी शासन लमुला।