Romans 7:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि आफ्नो लोग्ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्यभिचारको पाप गर्नेछ। तर लोग्ने मरेपछि भने ऊ त्यस व्यवस्थादेखि फुक्का हुन्छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छिन्। तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदिनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि आफ्नो पति जीवित छँदै उसले अन्य पुरुषसँग यौन सम्बन्ध राखी भने ऊ व्यभिचारिणी कहलाइन्छे। तर उसको पतिको मृत्यु भयो भने ऊ विवाहको व्यवस्थाबाट स्वतन्त्र हुन्छे र अन्य पुरुषसँग विवाह गरिन् भने ऊ व्यभिचारिणी हुँदिन।
Nepali ERV (पवित्र बाइबल)
तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने उ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन।
Nepali Tamang 2011
चुदे ह्राङला ह्रेम्बो मुना मुनान थेसे स्य्हान्दो ह्रेम्फेबेदेन छ्याम ब्याह लजी भिसम ब्रेल्सी भ्रबा हिन्ना। तर थेला ह्रेम्बो सिजी भिसम थे, थे ठिमग्याम फेबा मुला, ओच्छे स्य्हान्दो ह्रेम्फेबेदेन छ्याम ब्याह लसैनोन ब्रेल्सी भ्रबा आहिन।