Romans 7:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू ख्रीष्‍टको शरीरसँगै व्यवस्थाको निम्‍ति मर। त्‍यसै गरी मेरा दाजुभाइहरू, तिमीहरू पनि उहाँसँगै जिएकोले नयाँ जीवनमा हुन्‍छौ। अब तिमीहरू पनि अर्का मानिससँग विवाह गरेझैँ मरेकोबाट बिउँतनुभएको ख्रीष्‍टसँगै मिल्‍न सक्‍छौ। यसैकारण हामी परमेश्‍वरको लागि फल फलाउन सक्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्‍यवस्‍थाको लेखि मरेका छौ, ताकि तिमीहरू अर्को मानिस, अर्थात्‌ मृत्‍युबाट जीवित हुनुभएका ख्रीष्‍टसँग एक होओ, र हामी परमेश्‍वरको निम्‍ति फल फलाऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको लागि मरेका छौ, ताकि तिमीहरू मृत्युबाट पुनर्जीवित पारिनुभएका ख्रीष्‍टका हुन सक। अनि परमेश्‍वरका निम्ति फल फलाउन सक।
Nepali ERV (पवित्र बाइबल)
त्यस्तै प्रकारले, मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू, तिम्रा पूराना स्वभावहरू मरिसकेकाछन् र तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यस्थाबाट मुक्त बन्यौ। अब तिमीहरू कसैको भयौ। तिमीहरू ख्रीष्टको भयौ जो मृत्युबाट जगाइनु भयो। हामी ख्रीष्टका छौं र हामी परमेश्वरको सेवामा हुनसक्छौं।
Nepali Tamang 2011
थेह्रङ् लसीन ङाला ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेएनोन ख्रीष्‍टला ल्‍हुइग्‍याम ठिमला लागिरी सिसी जिन्‍बा मुला। थेतबासेलमा परमेश्‍वरला लागिरी ज्‍यबा गे लबारी खम्‍गै भिसी य्‍हाङ सिबाग्‍याम सोबा ख्रीष्‍टदेन छ्‌याम गिक तबा मुला।