Romans 7:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हामी व्यवस्थाले भनेझैँ पुरानो तरिकाले होइन तर ख्रीष्‍टको आत्‍माको नयाँ तरिकाअनुसार सेवा गर्छौं किनभने अहिले हामी ख्रीष्‍टसँग मरेकाले यस व्यवस्थाको कैदबाट फुक्‍का भएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई बन्‍धनमा राख्‍ने व्‍यवस्‍थाको लेखि मरेर हामी अब त्‍यसदेखि मुक्त भएका छौं, र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्‍माको नयाँ जीवनमा सेवा गर्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब हामी व्यवस्थाबाट स्वतन्त्र भइसकेका छौँ। ताकि जे कुराले हामीलाई नियन्त्रण गरेको थियो, त्यसका लागि मरेका छौँ, र पुरानो लिखित व्यवस्थामा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्न सकौँ।
Nepali ERV (पवित्र बाइबल)
विगतमा, व्यवस्थाले हामीलाई कैदी बनायो । तर हाम्रा पुराना स्वभावहरू मरेर गए अनि हामी व्यवस्थावाट मुक्त गरियौं। यसैले अब हामी परमेश्वरलाई आत्माको नयाँ ढाँचाले सेवा गर्दछौं, नियमहरूमा लेखिएको पुरानो ढाँचाले होइन। अब, हामी परमेश्वरलाई आत्माद्वारा नयाँ ढाँचाले पुज्दछौं।
Nepali Tamang 2011
थेह्रङ्बा ठिमला लागिरी य्‍हाङ सिसी जिन्‍जी। चु भिबा चा य्‍हाङ थे ठिमग्‍याम फेसी जिन्‍बा मुला भिबा हिन्‍ना। थेतबासेलमा दाहेन्‍से य्‍हाङ ङाच्‍छा भ्रिबा ठिमला तहरी चिसी आहिन, तर परमेश्‍वरला आत्‍मासे पिन्‍बा छार जुनीग्‍याम तेन्‍बा मुला।