Romans 7:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस नियमले नगर्नू भनेको कुरा गर्दा कसो होला भनी पापले मौका छोपेर मभित्र लोभ उत्‍पन्‍न गरायो किनभने व्यवस्था नहुँदा पाप मुर्दाजस्‍तै हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्‍पन्‍न गरायो। व्‍यवस्‍थाविना त पाप मुर्दातुल्‍य हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पापले व्यवस्थाको आज्ञाको फाइदा उठाएर मभित्र हरेक प्रकारका खराब अभिलाषाहरू उत्पन्‍न गरायो। व्यवस्थाविना पाप मरेतुल्य हो।
Nepali ERV (पवित्र बाइबल)
तर पापले त्यस आज्ञाबाट अवसर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिनै मृत बन्यो।
Nepali Tamang 2011
तर पापसे ठिमरी कुल्‍बा तामग्‍याम मौका किन्‍सी ङाला सेमरी ल्‍हानान थरीला लोभ खना लजी। तिग्‍दा भिसम ठिम आरेसम पाप खाइमै आरेबा तेबान हिन्‍ना।