Romans 8:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले ख्रीष्‍टलाई मरेकोबाट पनि शरीरसँगै फेरि जिउँदो गराउनुभयो। परमेश्‍वरका आत्‍मा तिमीहरूभित्र रहनुहुन्‍छ भने त्‍यसै गरी तिमीहरूको मर्ने शरीरलाई पनि उहाँले जिउँदो गराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्‍वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्‍टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।
Nepali Tamang 2011
परमेश्‍वरसे ह्राङला आत्‍मासे ख्रीष्‍ट येशूदा सिबाग्‍याम दोःसी ल्‍हुइरीन सोना लजी। थेनोन परमेश्‍वरला आत्‍मा एनीगदे न्‍हङरी धन्‍छ्‌याजी भिसम एनीगदेला सिसी निबा ल्‍हुइदाएनोन थेसे सोना लला।