Romans 8:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने हामीलाई कमारो बनाएर फेरि डरमा राख्ने आत्मा होइन तर हामीलाई परमेश्वरका धर्मपुत्र बनाउने पवित्र आत्मा पाएर हामी परमेश्वरलाई बुबा भनेर बोलाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्छौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई “ अब्बा, पिता” भनी पुकार्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “पिता, प्रिय पिता।”
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरसे एनीगदेदा थेला नोकर स्होसी लोङ्ना लबा आत्मा पिन्बा आहिन, तर परमेश्वरसे एनीगदेदा थेला ह्राङलान कोलागदे दोबा आत्मा पिन्बा मुला। थे आत्माग्यामसे य्हाङसे थेदा “आबा” भिसी पाङ्मुला।