Romans 8:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले आफ्‍ना छोरा-छोरी देखाउनुहुने दिन सारा सृष्‍टिले ठूलो चाख मानेर पर्खिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सृष्‍टिले बडो उत्सुकतासाथ परमेश्‍वरका सन्तानहरू प्रकट हुन् भनी प्रतीक्षा गरिरहेको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठुलो उत्सुकताको साथ त्यस समयलाई र्पखिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ।
Nepali Tamang 2011
पाङ्‌नोन तोःमा, परमेश्‍वरसे ह्राङला कोलागदे उन्‍बा धिन च्‍याबारी परमेश्‍वरसे स्‍होबा जम्‍मान स्‍हेसे सेम लसी थे धिन भ्रान्‍सी चिबा मुला।