Romans 8:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको हृदय देख्नुहुने परमेश्वरले पवित्र आत्माको विचार के छ, जान्नुहुन्छ किनभने पवित्र आत्माले विश्वासीहरूको लागि परमेश्वरको इच्छाअनुसार उहाँसँग बिन्ती गरिदिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्वरका सन्तहरूका निम्ति परमेश्वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।
Nepali Tamang 2011
ओच्छे परमेश्वरला आत्मासे म्हन्बा ताम जम्मालान सेमला ताम था याङ्बा परमेश्वरदा था मुला। तिग्दा भिसम परमेश्वरला आत्मासे ह्राङला म्हिगदेला साटोरी परमेश्वरसे म्हन्बा अन्छार प्रार्थना लमुला।