Romans 8:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍ट धेरै भाइहरूमध्ये जेठो होऊन् भनेर जसजसलाई परमेश्‍वरले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान हुन छान्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले जसलाई पहिल्यैबाट जान्‍नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो ठहरिऊन्।
Nepali ERV (पवित्र बाइबल)
यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो।अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाईहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो।
Nepali Tamang 2011
ख्रीष्‍ट जम्‍मान ज्‍योज्‍यो आले नाना आङागदेला ज्‍योज्‍यो दोगै भिसी जम्‍बुलिङ स्‍होबा भन्‍दा ङाच्‍छाहेन्‍सेन परमेश्‍वरसे ह्राङसे ङोसेबा म्‍हिगदेदा धम्‍जी। ओच्‍छे थेनीगदेदा ह्राङला झा ह्रङ्‌बान स्‍होबारी पक्‍का लजी।