Romans 8:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले पहिले नै छान्नुभएकाहरूलाई बोलाउनु पनि भयो अनि बोलाउनुभएकाहरूलाई आफ्नो सामु ठीक ठहराउनु पनि भयो र ठीक ठहराउनुभएकाहरूलाई सम्मान् पनि दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो। जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।
Nepali Tamang 2011
जुन जुन म्हिदा परमेश्वरसे ङाच्छान धम्मुबा, थेनीगदेदा ह्राङलान सन्तान दोबारी ङ्योइजी। ङ्योइमाहेन्से थेनीगदेदा परमेश्वरला ङाच्छा ज्यबा म्हि हिन्ना भिसी सुङ्जी। परमेश्वरला ङाच्छा ज्यबा म्हि हिन्ना भिसी सुङ्माहेन्से परमेश्वरसे थेनीगदेदा ह्राङसे याङ्बा मानदेन य्हाल याङ्बा हकएनोन पिन्जी।