Romans 8:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा तिनीहरूलाई दण्‍डको भागी बनाउने कोही पनि हुनेछैन किनभने ख्रीष्‍ट नै तिनीहरूको साटोमा दण्‍ड भोगेर मर्नुभएको छ। उहाँ मर्नु मात्रै भएन, योभन्दा ठूलो कुरा मरेर फेरि जिवित परिनुभयो। अहिले उहाँले परमेश्‍वरको साथमा रहेर राज्‍य गरिरहनुभएको छ। अनि उहाँले हाम्रो लागि परमेश्‍वरसित बिन्‍ती पनि गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दण्‍डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्‍ट येशू, हुनुहुन्‍छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मध्‍यस्‍थ पनि गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो हो भने दोष लगाउने को हो त? कोही छैन; ख्रीष्‍ट येशू, जो मर्नुभयो; त्यसभन्दा बढी उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ, जो परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। अनि हाम्रा निम्ति अन्तर्बिन्ती गरिरहनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ।
Nepali Tamang 2011
थेतबासेलमा य्‍हाङदा सजाय पिन्‍गो भिसी खाल्‍से पाङ्‌खम्‍ला? तिग्‍दा भिसम य्‍हाङसे नातोःबा सजाय ख्रीष्‍ट येशूसेन नासी सिजी। थे सिबाग्‍याम सोसी दान्‍दे स्‍वर्गला मुल ठिरी धन्‍छ्‌याबा मुला। ओच्‍छे य्‍हाङला लागिरी परमेश्‍वरदेन छ्‌याम प्रार्थना लबा मुला।