Romans 8:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब के कुनै कुरोले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍दैन। हामीलाई दु:ख हुन सक्‍छ, कठिनाइ र खेदो आउन सक्‍छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्‍छ, हामी त्‍यस्‍तै कुनै ठूलो आपत्‌मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍छ? अहँ, कहिल्‍यै पनि सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्‍टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले?
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ सक्दैन।
Nepali Tamang 2011
दाहेन्‍से य्‍हाङदा दुख कष्‍ट, बिरोध, चआम्‍याङ्बा, क्‍वानआम्‍याङ्बा, आपत विपत, साइबारी म्‍हाइबा चु तामसे य्‍हाङदा ख्रीष्‍टला मायाग्‍याम फेबारी खम्‍ला?