Romans 8:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो शारीरिक स्वभावको अधीनमा चल्नेहरूले शारीरिक स्वभावका इच्छामा मन लगाउँछन् तर पवित्र आत्माअनुसार चल्नेहरूले भने पवित्र आत्माकै इच्छामा मन लगाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभापव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्।
Nepali Tamang 2011
तिग्दा भिसम पापी बानीबेहोर अन्छार भ्रबा म्हिगदेला सेम पापी बानीबेहोरदा सेम निबा तामरी तमुला। तर परमेश्वरला आत्मासे कुल्बा अन्छार भ्रबा म्हिगदेला सेम परमेश्वरला आत्मादा सेम निबा तामरी तमुला।