Romans 9:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसै गरी परमेश्वरलाई पनि आफ्नो क्रोध र शक्ति देखाउने इच्छा छ तर उहाँले आफ्नो क्रोधको भाँडालाई जस्तै नाश गर्न सुहाउने मानिसलाई पनि धेरै सहेर बस्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहनुभएको छ भने, के भयो त?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको निम्ति तयार गरिएको क्रोधको पात्रहरूलाई धैर्यतासँग सहिदिनुभयो भने के भयो त?
Nepali ERV (पवित्र बाइबल)
यस्तै प्रकारले परमेश्वरले पनि काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देखुन्। तर परमेश्वरले ठूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुनै आँटेका थिए।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्वरदाएनोन ह्राङला बोमोदेन शक्ति उन्बा सेम मुला। तर सजाय पिन्तोःबा म्हिगदेदाएनोन सजाय आपिन्ना अझ नासीन धन्छ्याबा मुला।