Romans 9:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले भन्नुभएको कुरा होशे भन्ने अगमवक्ताले यसरी लेख्छन्— “तिनीहरू मेरा मानिस नभए पनि म तिनीहरूलाई मेरो प्रजा भनी बोलाउनेछु, मैले माया नगरेकोलाई ‘मेरो मायालु’ भनी डाक्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्तो होशेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ, “जुनहरू मेरा मानिसहरू थिएनन्, तिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्याउनेछु। र जसलाई मैले प्रेम गरेको थिइनँ, त्यसलाई म ‘मेरो प्रिय’ भन्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होशेको पुस्तकमा परमेश्वर घोषणा गर्नुहुन्छ: “तिनीहरूलाई म ‘मेरो प्रजा’ भन्नेछु; जो मेरा प्रजा होइनन्, र उनलाई म ‘मेरो प्रिय’ भनेर डाक्नेछु, जो मेरो प्रिय थिएन।”
Nepali ERV (पवित्र बाइबल)
होशेको कितावमा धर्मशास्त्रले भन्दछः “जो मानिसहरू मेरा होइनन्, म भन्नेछु ती मेरा मानिसहरू हुन्। अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ, म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।” होशे 2:23
Nepali Tamang 2011
परमेश्वरसे सुङ्बा ताम होशे भिबा अगमवक्तासे चुह्रङ् लसी भ्रिबा मुला, “जुन म्हिगदे ‘ङाला म्हि आहिन्मुबा,’ थेनीगदेदा ङाइ ‘ङाला म्हि स्होला।’ ओच्छे जुन म्हिदा ‘ङाइ माया लबा आरेबा,’ थेनीगदेदा ‘ङाइ माया लला।’”