Romans 9:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो पनि यशैयाले पहिले नै भनेका छन्, “यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा लागि केही सन्तान बाँकी नराख्नुभएको भए हामी इस्राएलीहरू परमेश्वरको सजायले सदोम र गमोराका मानिसझैँ नाश हुनेथियौं,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैयाले यो भविष्यवाणी गरेका छन्, “सेनाहरूका परमप्रभुले हाम्रा निम्ति सन्तान नछोड्नुभएको भए हामी सदोमजस्तै हुनेथियौं, र गमोरासमान बन्नेथियौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी यशैयाले पहिल्यै भविष्यवाणी गरेका थिए: “सर्वशक्तिमान् प्रभुले हाम्रा लागि सन्तान नछोड्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, र गमोराजस्ता बन्नेथियौँ।”
Nepali ERV (पवित्र बाइबल)
यस्तै कुरा यशैयाले भनेः “परमप्रभु सर्वशक्तिमान हुनुहुन्छ। प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो। यदि उहाँले त्यसो नगर्नु भएको भए अहिले हामी सदोम र गमोरा जस्तै हुने थियौं।”
Nepali Tamang 2011
यशैया अगमवक्तासे इस्राएलीगदेला बारेरी चुह्रङ् भिसीनोन पाङ्बा मुला, “चुदे जम्मान भन्दा शक्तिशाली परमेश्वरसे य्हाङला लागिरी सन्तान गिकनोन आख्लाबा हिन्सम य्हाङएनोन सदोमदेन गमोराला म्हिगदे ह्रङ् लसीन नाश तसेला मुबा।”