Romans 9:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरूले विश्‍वास नगरीकनै धर्म-कर्म मात्र गरेर परमेश्‍वरसँग ठीक ठहरिन खोजेका थिए। यसरी धर्म-कर्म गर्न खोजेर तिनीहरूले ख्रीष्‍टबाट पाउने सित्तैको दानलाई विश्‍वास गर्नैसकेनन्। यसैकारण तिनीहरूका लागि ख्रीष्‍टचाहिँ ठेस लाग्‍ने ढुङ्गाझैँ हुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्‍ठानेर तिनीहरूले विश्‍वासद्वारा धार्मिकता खोजेनन्‌। तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठक्‍कर खाएर लड़ेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन नसकेको त? किनकि तिनीहरूले यसलाई विश्‍वासद्वारा होइन, तर कर्मद्वारा प्राप्‍त गर्न खोजे। उनीहरू “ठक्‍कर खाने ढुङ्गा” मा ठेस खान पुगे।
Nepali ERV (पवित्र बाइबल)
किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुँगामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।
Nepali Tamang 2011
तिग्‍दा आखम्‍नी? तिग्‍दा भिसम थेनीगदेसे विश्‍वास आलना लबा गेग्‍याम परमेश्‍वरदा सेम निबा म्‍हि दोबारी म्‍हाइजी। थेतबासेलमा थेनीगदे युङबारी तोइजी, ओच्‍छे थे युङबासे थेनीगदेदा ह्रिल्‍ना लजी।