Romans 9:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टको बारेमा परमेश्‍वरले भनेझैँ धर्मशास्‍त्रमा पनि यस्‍तै लेखिएको छ— “हेर, म सियोनमा ठेस लाग्‍ने ढुङ्गा र बाधा दिने पहरा राख्‍नेछु र उहाँमा धेरै जना ठेस खाएर लड्‍नेछन्; तर उहाँमा विश्‍वास गर्ने मानिसचाहिँ निराश हुनेछैन,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्‍तो लेखिएको छ, “हेर, म सियोनमा एउटा ढुङ्गा राख्‍तछु, जसमा मानिसहरूलाई ठेस लाग्‍छ, एउटा चट्टान, जसले तिनीहरूलाई लड़ाउँछ, तर उहाँमा भरोसा राख्‍ने कोही शर्ममा पारिनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो लेखिएको छ: “हेर, मैले सियोनमा यस्तो ढुङ्गो राखेको छु जसले मानिसहरूलाई ठेस खान लगाउँछ, अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, तर जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
त्यस ढुंगाको विषयमा धर्मशास्त्र भन्छः “हेर, सियोनमा म एउटा ढुंगा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ। यो एउटा चहान हो जसले मानिसलाई पाप गर्न लाउँछ। तर चट्टानमा कसैले विश्वास गर्दछ भने उसलाई लज्जित पारिने छैन।” यशैया 8:14, 28:16
Nepali Tamang 2011
परमेश्‍वरला बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “च्‍यागो, ङाइ सियोनरी थेनीगदेदा तोइना लबा युङबा गिक थान्‍ना, थे युङबारी ल्‍हानान म्‍हिगदे तोइला ओच्‍छे थेनीगदेदा ह्रिल्‍ना लला। तर थेदा विश्‍वास लबा खालै म्‍हिगदेदा पेःना आल।”