Romans 9:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू आफ्‍ना प्रसिद्ध पुर्खाहरूका सन्‍तान हुन्, ख्रीष्‍ट आफैं पनि यही जातिमा जन्‍मनुभयो। उहाँ त सबैमाथि राज्‍य गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँको सधैँभरि प्रशंसा होइ रहोस्। आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्‍ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्‍छ, सर्वोच्‍च परमेश्‍वर, जसको युगानयुग स्‍तुति होस्‌। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्‍टको मानवीय वंश पनि आएको हो। उहाँ, जो सबैमाथि परमेश्‍वर हुनुहुन्छ। उहाँलाई नै सदासर्वदा प्रशंसा होस्! आमेन।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।
Nepali Tamang 2011
चुगदे अब्राहाम, इसहाकदेन याकूबला सन्‍तान हिन्‍ना। थार्बा पिन्‍बा ख्रीष्‍टएनोन चुनोन वंशग्‍याम म्‍हि ल्‍हुइ किन्‍सी न्‍हबा हिन्‍ना। जम्‍मानथोरी शासन लबा परमेश्‍वर थार्बा पिन्‍बा ख्रीष्‍टनोन हिन्‍ना। थेला सदन जयजयकार तगै। आमेन।