Romans 9:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के परमेश्‍वरले तिनीहरूलाई गर्नुभएका प्रतिज्ञाहरू नै विफल भए र? होइन, कारण इस्राएलमा जन्‍मिए भन्‍दैमा सबै जना पक्‍का इस्राएली नै हुन् भन्‍न सकिंदैन। अब्राहामका सबै सन्‍तानहरू नै परमेश्‍वरले प्रतिज्ञा गरेका सन्‍तान होइनन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरको वचन विफल भएको होइन। किनकि इस्राएलबाट जन्‍मेका सबै इस्राएल होइनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको वचन विफल भएको होइन; किनभने इस्राएलमा जन्मेका सबै सदस्यहरू साँचो रूपमा इस्राएल होइनन्।
Nepali ERV (पवित्र बाइबल)
हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँचो मानिस छन्।
Nepali Tamang 2011
परमेश्‍वरसे इस्राएलीगदेदेन छ्‌याम लबा कबुल पूरा आलबा आहिन, तर थेनीगदे परमेश्‍वरसे कुल्‍बा अन्‍छार आभ्रनी। थेतबासेलमा थेनीगदे जम्‍मान इस्राएलला सन्‍तान तसैनोन परमेश्‍वरला कोलागदे आदोनी।