Ruth 1:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पर्खन सकौला र? अनि अरूसँग विवाह नगरी बस्‍न सकौला? होइन, छोरीहरू हो, त्‍यो हुनै नसक्‍ने कुरो हो। परमप्रभु, मेरो विरुद्धमा हुनुहुन्‍छ। मलाई तिमीहरूका निम्‍ति साह्रै अफसोस छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू बढुञ्‍जेल तिमीहरू पर्खन्‍छौ र? के तिमीहरू विवाह नगरी बस्‍छौ? होइन, होइन मेरा छोरी हो, परमप्रभु मेरो विरुद्धमा हुनुभएकोले मेरो अवस्‍था तिमीहरूको भन्‍दा खोटो छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिमीहरूलाई बिवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुञ्जेलसम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्ति त्यति लामो समयसम्म पर्खाउन सक्तिनँ। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकित छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”